पारा एथलेटिक्स एसोसिएसन नेपालमा नयाँ नेतृत्व
काठमाडौं : पारा एथलेटिक्स एसोसियसन नेपाल (पान) को अध्यक्षमा ओमनाथ सिवाकोटी चयन भएका छन्। ललितपुरमा सम्पन्न भएको एसोसियसनको छैटौं अधिवेशनबाट अध्यक्षमा सिवाकोटी, उपाध्यक्षमा कृष्णराज चौधरी, विपिन तिम्ला, महासचिवमा रूपा थापामगर, सचिवमा साङ्वु मोहे चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा महेन्द्रमान श्रेष्ठ, सदस्यहरूमा बिक्रम बहादुर राणा, मैया विसुन्खे, सीता भण्डारी, गीतादेवी दाहाल, रविन श्रेष्ठ चयन भएका छन् ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल कार्यक्रमको प्रमुख अतिथि थिए। सो क्रममा मन्त्री ढकालले नवौं राष्ट्रिय खेलको स्वर्ण विजेतालाई मासिक तलब उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे। उनले आगामी वर्ष पारा एथलेटिक्स एसोसियसनलाई सहयोग गर्ने बताए।अध्यक्ष सिवाकोटीले सन् २००२ देखि २०२२ सम्म १५० पारा एथलेटीक्सलाई अन्तर्राष्ट्रियस्तरमा सहभागिता गराइएको बताए। उनले भने, ‘जसमा ५ जना पारालेम्पियन बनाउन सफल भयौं। तर, राज्यले सहयोग गरिरहेको छैन।’
Source:
Link